आर्थिक विकासको सही सम्भावना उजागर गर्न ‘केस स्टडी कम्पिटिशन’ गराउँदै गोल्यान समूह

MakaluKhabar

काठमाडौँ । नेपालको व्यावसायीक घराना गोल्यान समूहले नेपालको सही सम्भावनालाई उजागर गर्न अवस्था अध्ययन प्रतियोगिता (केस स्टडी कम्पिटिशन) आयोजना गराउने भएको छ ।

‘द केश च्यालेन्ज’ नाम दिइएको उक्त प्रतियोगिता अन्तर्गत कृषि, प्रशोधन, नविकरणीय ऊर्जा र पर्यटन गरी ४ विधामा खास गरी व्यवस्थापन विषय अध्ययन गरेकाहरुबाट अवस्था अध्ययन गराउने गोल्यान समूहले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने केस स्टडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने समूहले जनाएको छ । यो प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले १ अगस्टसम्ममा आफ्नो नाम दर्ता गराउनुपर्ने छ ।
उक्त प्रतियोगिताका लागि गोल्यान समूहसँग काठमाडौँ विश्वविद्यालय, गोल्यान समूहकै माटो ब्राण्ड र मस्ट कलाको सहकार्य रहने जनाएको छ ।

प्रतियोगितामा भाग लिन यो लिंकमा गएर आफ्नो नाम दर्ता गराउनु पर्ने छ । आवश्यक जानकारीका लागि ९८०१०७४५२४ र ९८०११५६९७४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।