मौद्रिक नीतिको समीक्षा सकारात्मक तर समस्या तत्काल समाधान गर्न कठिनाइ : अध्यक्ष गोल्यान

MakaluKhabar

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक आएको बताएका छन् ।

अध्यक्ष गोल्यानले बैंकको कर्जा तिर्न नसकेर समस्यामा रहेको ५ करोडसम्म कर्जा लिएका साना उद्योगी व्यवसायीहरूले असार मसान्तसम्म कर्जा पुनः संरचना र पुनर्तालिकीकरण व्यवस्था सकारात्मक रहेको बताएका हुन् ।

उनले शनिवार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाका विषयमा न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । गोल्यानले मौद्रिक नीतिले २ करोडबाट बढाएर ५ करोड कर्जा लिने साना व्यवसायीहरूको लागि सहुलियतको व्यवस्था गर्नु राम्रो भएको भन्दै साना व्यवसायीहरूलाई राहत पुग्ने बताए ।

उनले डिभेन्चरको गणना पुस मसान्तसम्म गर्न पाउने व्यवस्थाले सिडि रेसियोमा समस्या देखिने समस्या नहुने बताए ।

अध्यक्ष गोल्यानले समग्रमा राम्रो भए पनि उत्पादन क्षेत्र कृषि,ऊर्जा,पर्यटन ३० प्रतिशत भ्यालु एडिसन भएका निर्यातजन्य उद्योगहरू र निर्माण सम्बन्धमा बैंकको ब्याजदर कम गर्ने नीति अपुग भएको बताए ।

उनले उत्पादन उद्योगमा जाने कर्जाको ब्याजदर घट्ने अपेक्षा भए पनि नभएको बताए । गोल्यानले उत्पादन उद्योग र अन्य उद्योगको लागि फरक–फरक ब्याजदर कायम हुनुपर्ने बताए । उनले उत्पादनमूलक उद्योगहरूमा बैंकको ब्याजदर एकल अंकमा हुनुपर्ने बताए । उनले बैंकको ब्याजदर एकै पटकमा ७ प्रतिशतमा झर्ने र १४ प्रतिशतसम्म पुग्ने अवस्थाको अन्त्य नीतिगत रूपमा हुनुपर्ने बताए ।

अध्यक्ष गोल्यानले राष्ट्र बैंकले उल्लेखित मागहरू मौद्रिक नीतिको समीक्षामा नगरेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा हुन आवश्यक रहेको बताउनु भयो। उहाँले उत्पादन क्षेत्रको लागि बैंकको सिडि रेसियो खुकुलो बनाउने र उत्पादन उद्योगको लागत फण्ड कम गरेर फरक–फरक ब्याजदर र आधारदर बनाउने आवश्यक रहेको बताए । गोल्यानले बैंकको ब्याजदर नघटेसम्म बैंकको खराब कर्जा अझै बढ्न सक्ने बताए ।

उनले बैंकको खराब कर्जा कम हुनको लागि यो महिनामा बैंकको ब्याजदर घट्नुपर्ने भए पनि नघटेको बताए । गोल्यानले बैंकर्स संघले बैंशाखमा ब्याजदर नघटाउने निर्णयले केही समयपछि स्पे्रडदरमा दबाब सिर्जना गर्न सक्ने बताए ।

गोल्यान भन्छन्,‘नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समीक्षा अर्थतन्त्रको अवस्थालाई हेर्दा समग्रमा सकारात्मक छ । सिविफिनले माग गर्दै आएको ५ करोडसम्मका साना कर्जालाई पुनः संरचना र पुनर्तालिकीकरण सहुलियत दिन भनेका थियौँ । यसमा २ करोडबाट बढाएर ५ करोडसम्मको व्यवस्था गर्न राम्रो पक्ष हो । असारसम्म गरेको व्यवस्था गरेको छ । त्यसले पुग्छ पुग्दैन हेर्ने कुरा हो । डिभेन्चरको गणना पुस मसान्तसम्म गर्न पाउने व्यवस्थाले सिडि रेसियोमा समस्या पर्छ भन्ने डर थियो । त्यो समस्याबाट बच्ने भयो। त्यो राम्रो पक्ष भयो । समग्रमा राम्रो भए पनि एक दुई वटा कुराहरू अपुग रहेको छ । उत्पादन क्षेत्र कृषि,ऊर्जा,पर्यटन ३० प्रतिशत भ्यालु एडिसन भएका निर्यातजन्य उद्योगहरू र निर्माण सम्बन्धमा बैंकको ब्याजदर कम गर्ने नीति आउँछ भन्ने आशा थियो । हामीले बारम्बार भन्दै आएका छौँ । उत्पादन उद्योग र अन्य उद्योगको लागि फरक–फरक ब्याजदर हुनुपर्छ । उत्पादनमूलक उद्योगहरूमा बैंकको ब्याजदर एकल अंकमा हुनुपर्छ । बैंकको ब्याजदर एकै पटकमा ७ प्रतिशतमा झर्ने र १४ प्रतिशतसम्म पुग्दा दिगो हुन सक्दैन । त्यस्ता उद्योगले ब्याजदर तिर्न समस्या हुन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा नगरेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा हुनुपर्छ । उत्पादन क्षेत्रको लागि बैंकको सिडि रेसियो खुकुलो बनाउने र उत्पादन उद्योगको लागत फण्ड कम गरेर फरक–फरक ब्याजदर र आधारदर बनाउने आवश्यकता छ । सस्तो ब्याजमा आएका पैसालाई पनि उत्पादन उद्योगमा लगाउन सकिन्छ । बैंकको ब्याजदर नघटेसम्म बैंकको खराब कर्जा अझै बढ्छ । त्यसलाई रोक्नको लागि यो महिनामा बैंकको ब्याजदर घट्नुपर्ने थियो । राष्ट्र बैंकले केही दिनअघि जारी गरेको बैंकहरुले प्रत्येक पहिनामा ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था राम्रो आएको छ । तर बैंकर्स संघले जेठमा ब्याजदर नघटाउने निर्णय गरेको छ । त्यसले केही समयपछि स्पे्रडदरमा दबाब सिर्जना गर्न सक्छ । खराब कर्जा नियन्त्रणमा राख्न र मुलुकको अर्थतन्त्र चलायमान बनाउन बैंकको ब्याजदर घट्न आवश्यक छ ।’

गोल्यानले समग्रमा मौद्रिक नीतिको समीक्षा सकारात्मक आए पनि मुलुकको अर्थतन्त्रमा देखिएका समस्या चुनौतीलाई तत्काल समाधान गर्न सक्ने नदेखिएको बताए । उनले वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रमा बढी नै ज्वरो आएको भन्दै ज्वरो निको बनाउने एटिभाइटिकको डोज कम भएको जस्तो लागेको समेत बताए

गोल्यानले समग्रमा मौद्रिक नीतिको समीक्षा सकारात्मक आए पनि मुलुकको अर्थतन्त्रमा देखिएका समस्या चुनौतीलाई तत्काल समाधान गर्न सक्ने नदेखिएको बताए । उनले वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रमा बढी नै ज्वरो आएको भन्दै ज्वरो निको बनाउने एटिभाइटिकको डोज कम भएको जस्तो लागेको समेत बताए ।