रोजगारमुलक उद्योग स्थापना गर्न सरकारलाई गोल्यानको आग्रह

OnlineKhabar

२४ वैशाख, काठमाडौं । नेपाल बैक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले मुलुकमा रोजगारमुलक उद्योग स्थापना गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले उत्पादन मुलक उद्योगमा आवश्यक बिजुलीमा ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगमा २० प्रतिशत विद्युत छुट दिन आग्रह गरे । राजधानीमा आयोजित नेपाल बिजनेश समिट २०२३ लाई सम्बोधन गर्दै गोल्यानले देश विकासका लागि उद्योग, कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए ।

नेपालबाट निर्यात बढाउन पनि आवश्यक रहेको भन्दै उनले कृषि प्रशोधन केन्द्र, पूर्वाधार निर्माण लगायतमा ध्यान दिनुपर्ने बताए । उनले पर्यटन क्षेत्रमा अहिले पनि विद्युतको लागत मूल्य उच्च कायम रहेको बताए ।

बैकले दिने प्राथमिकता प्राप्त कर्जालाई सहज बनाउन समेत गोल्यानले आग्रह गरे । उनले ऊर्जाको माध्यमबाट आर्थिक विकास गर्न सकिने बताए । नेपालमा शैक्षिक, कृषि, पर्यावरण पर्यटन भित्राउन तथा नेपाली उत्पादन बढी प्रयोग गर्दै आयात प्रतिस्थापन गर्नुपर्ने उनको धारणा छ ।

अध्यक्ष गोल्यानले बिलासी सामानको आयात रोक्नुभन्दा कर बढाउन उपयुक्त हुने धारणा राखे ।