काठमाडौं, १६ भदौ । विराटनगरको रंगेलीमा जन्मिनु भएका पवन गोल्यानको व्यावसायिक वैभव सजिलै धरहरा जस्तो उच्चो भएको होइन रहेछ । हो, भदौको दोस्रो हप्ता हायत प्लेससँगैको उहाँको निवासको १६ तलामा उहाँसँग उहाँका जीवनका उचार–चढावबारे खोतलखातल गर्दा उहाँ थुप्रै पटक नोस्टाल्जिया हुनुभयो ।
धरहरा र स्वयम्भूलाई पृष्ठभूमिमा राखेर १६ औँ तलामा मग्नसँग उहाँको बाल्यकाल, व्यावसायिक यात्रा र व्यवसायिक वैभवबारे हामीले सम्वाद गर्दा उहाँ इतिहासका पन्ना पल्टाए जस्तै एकपछि अर्को गर्दै विगतका कतिपय ताजा त कतिपय धुमिल सम्झनाका पानाहरु पल्टाउँदै जान थाल्नुभयो ।
गोल्यान मोरङको पुरानो सदरमुकाम रंगेलीमा जन्मिनु भएको रहेछ । गोल्यानले आफ्नो प्रारम्भिक शिक्षा भने विराटनगरकै सत्यनारायण हाइस्कूलबाट आरम्भ गुर्नभएको हो। गोल्यान परिवार नेपालको धरतीपुत्रका रुपमा परिचित छ । १३ वर्षकै उमेरमा एसएलसी गर्नुभएका गोल्यानले बाणिज्यशास्त्रमा स्नातक तहसम्मको अध्ययन मोरङकै क्याम्पसबाट पूरा गर्नुभएको रहेछ ।
ओठमाथि जुँगाका रेखी बस्नु भन्दा अघिदेखि नै पिताजी सोहनलाल गोल्यानको व्यावसायिक लगनशिलताबाट मोहित पवनको मन पनि पिताजीको पेशालाई पावन अर्थात पवित्र पार्ने पावनी सोचले त्यतैतिर प्रभावित भएको रहेछ ।
बिहान कलेज पढ्ने र दिउँसो पिताजीको व्यावसायमा सहयोग गर्ने गोल्यानका लागि त्यतिबेला पनि विदेश जाने र उच्च शिक्षा हाँसिल गर्ने मार्ग खुल्ला नै थियो । तर, धरतीपुत्रको पहिचान बनाउनु भएका गोल्यानले आफ्नै माटोमा केही गर्ने हुटहुटीका सामू विदेशयात्राको अध्ययनलाई विराम लगाउनु भएको तथ्य खोतल्नुभयो ।
बिहान कलेज पढ्ने र दिउँसो पिताजीको व्यावसायमा सहयोग गर्ने गोल्यानका लागि त्यतिबेला पनि विदेश जाने र उच्च शिक्षा हाँसिल गर्ने मार्ग खुल्ला नै थियो । तर, धरतीपुत्रका नाताले पनि आफ्नै माटोमा केही गर्ने गर्ने हुटहुटीका सामू उहाँको विदेशयात्रामा विराम लागेको इतिहास उहाँले हाम्रा सामू खोतल्नुभयो ।
पिता सोहनलाल र परिवारको चाहना पनि छोरो विदेश जाने होइन स्वदेशी माटोमै केही गरोस् र राष्ट्रको शीर उँचो बनाउन सकोस् भन्ने थियो । परिवारको आदेशलाई परमादेश जस्तै मान्ने गोल्यानको चाहना पनि स्वदेशमै केही गरुँ भन्ने भएपछि विदेश अध्ययनको चाहलाई उहाँले फेरि कहिल्यै नखुल्ने गरी विराम लगाउनुभयो ।
धार्मिक प्रवृत्तिका सोहनलालको काखमा हुर्किनुभएका पवन आफ्नो प्रेरणाको स्रोत पनि पिताजी सोहनलालाई नै मान्नुहुन्छ । वर्षमा दुईजोर धोती र कुर्तामा खर्च गर्ने सोहनलालले त्यतिबेला लगाएको प्वाल परेको गञ्जी अहिले पनि पवनको मानसपटलमा ताजै रहेछ । आफूले कमाएको केही हिस्सा धर्मकर्ममा लगाउनुपर्छ भन्ने असल भावका सोहनलालको विचार जति उच्च थियो जीवन शैली त्यति नै सरल । घरमा आएका मानिसलाई सम्मान दिने र केही न केही खुवाएर पठाउने असल संस्कारले पनि पवनलाई असल बन्न प्रेरणा दिएको रहेछ । सोहनलालको सादा जीवन र उच्च विचार नै गोल्यान परिवारको व्यावसायिक वैभव हो भन्ने भाव पवनका अभिव्यक्ति र मुहारमा पनि छचल्किएको अनुभूति गर्न त्यति मुस्किल हुँदैनथ्यो ।
कुराकानीकै सिलसिलामा पवनले विक्रम सम्वत १९९० को भूकम्पको स्मरण गराउनुभयो र सो भूकम्पसँगै मारवाडी समूदायले नेपाल र नेपालीलाई परेको आपत–विपद्मा गर्दै आएको सेवाभावको साइनो जोड्नुभयो ।
कुराकानीकै सिलसिलामा पवनले विक्रम सम्वत १९९० को भूकम्पको स्मरण गराउनुभयो र सो भूकम्पसँगै मारवाडी समूदायले नेपाल र नेपालीलाई परेको आपत–विपद्मा गर्दै आएको सेवाभावको साइनो जोड्नुभयो
१९९० सालको भूकम्पअघिदेखि नै मारवाडी समूदायले राष्ट्र र राष्ट्रियताका लागि गरेको सेवाभावबारे खोतल्दै जाँदा उहाँले निकै मार्मिक र मर्मस्पर्शी तथ्य पनि उजागर गर्नुभयो । कहिलेकाहीं देशलाई देश भन्न नपाउँदा र मारवाडी समूदायलाई दोस्रो दर्जाको नागरिक जस्तो भावले हेर्दा चाहीँ त्यो बेला तत्कालिन शासकहरुसँग घनिभूत सम्वन्ध विस्तारका लागि मारवाडीहरुले आफ्नै समूदायसँग मात्रै बिबाहबारी गरेर गल्ती त गरिएन भन्ने भान पनि हुनेरहेछ ।
काठमाडौंको खुलेको आकासमा मन्द मन्द चलिरहेको पवन बीच मुहारमा आएको हल्का पसिना पुछ्दै पवनले सफलताको गहन सूत्रहरू खोतल्नुभयो । कडा परिश्रम र इमान्दारितालाई सफलताको मुलमन्त्र ठान्ने पवनले काम गर्ने मात्र होइन कामलाई आफ्नो धर्म समेत हो भन्ने भावनाले प्रेरित भएर दत्तचित्तपूर्वक लाग्ने हो भने सफलता चुम्न कठिन नहुने सूत्र उहाँले खोतल्नुभयो । निर्यातमुखी व्यवसायलाई राज्यको मेरुदण्ड ठान्ने गोल्यान समूले अहिले आफू मातहत रहेका विभिन्न व्यवसायमा ५ हजार बढीलाई रोजगारी दिएको छ । निरन्तरको मेहनत र परिश्रमका कारण अहिले गोल्यान समूह देशकै सबैभन्दा बढी निर्यात गर्ने र रोजगारी दिने व्यावसायको रुपमा दरिँदै आएको भन्दै उहाँले खुशी व्यक्त समेत गर्नुभयो ।
पवन गोल्यान अहिले बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफीन) को अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । नेपालको पायोनीयर उद्योगी, व्यावसायिको छवि बनाउनु भएका गोल्यान र उहाँको समूहले मुख्य गरेर बैंक, वित्तीय संस्था, होटल, पर्यटन, कृषि, धागो, पस्मिना र उर्जा क्षेत्रमा लगानी गर्दै आएको छ ।
पवन गोल्यान अहिले बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफीन) को अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । नेपालको पायोनीयर उद्योगी, व्यवसायीको छवि बनाउनु भएका गोल्यान र उहाँको समूहले मुख्य गरेर बैंक, वित्तीय संस्था, होटल, पर्यटन, कृषि, धागो, पस्मिना र उर्जा क्षेत्रमा लगानी गर्दै आएको छ ।
गोल्यान समूहले नेपालमै उत्पादित धागो उद्योगबाट मुलुकको संस्कृति, सम्पदा र सौन्दर्य विकासमा योगदान गर्दै आएको छ भने हायत प्लेसमार्फत नेपालको होटल तथा पर्यटन क्षेत्रमा पनि योगदान गर्दै आएको छ ।
गोल्यान समूह ५ अर्व लगानीमा जनता एग्रो फरेष्टी लिमिटेड (जाफल) मार्फत कृषि क्षेत्रमा योगदान गर्ने र १०० प्रतिशत अग्र्यानिक उत्पादन गर्ने उदेश्यसहित अघि बढेको छ । सन् २००० मै शिवम् प्लास्टिक उद्योग स्थापना गरेर मुलुकको अर्थतन्त्रमा योगदान गर्दै आएको स्वर्णिम इतिहास पनि गोल्यान समूहसँग छ ।
गोल्यान समूहको लगानी रहेको एनएमवी बैंक, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स जस्ता संस्थाले बैंक तथा वित्तीय क्षेत्रमार्फत समेत मुलुकको अर्थतन्त्रमा योगदान गर्दै आएका छन् ।
११२ अपार्टमेण्ट सहितको वेष्टार प्रोपर्टीमार्फत गोल्यान समूहले आवासीय सुविधाको क्षेत्रमा पनि लगानी गरेको छ । नेपालगञ्जमा २० मेगावाटको सौर्य उर्जा केन्द्र प्योर इनर्जीमा समेत लगानी गरेर अघि बढ्दै आएको गोल्यान समूहले ९ वटा हाइड्रोपावर परियोजनामा समेत आफ्नो लगानी विस्तार गरेको छ ।
गोल्यान समूहले हाइड्रो पावरमा समूह नै बनाएर ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत् आयोजना, ३६ मेगावाटको बलेफी हाइड्रोपावर आयोजना, ३५ मेगावाटको भोटेकोशी हाइड्रो र ९७ मेगावाटको केएनबीआर इस्वा हाइड्रोपावरमा लगानी गरेको छ ।
गोल्यान समूहले हाइड्रो पावरमा समूह नै बनाएर ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत् आयोजना, ३६ मेगावाटको बलेफी हाइड्रोपावर आयोजना, ३५ मेगावाटको भोटेकोशी हाइड्रो र ९७ मेगावाटको केएनबीआर इस्वा हाइड्रोपावरमा लगानी गरेको छ ।
२० मेगावाटको सोलार परियोजनामा पनि गोल्यान समूहको लगानी रहेको छ । मैत्री न्युजको टिमले उहाँसँग उहाँको बाल्यकाल, व्यावसायिक सफलताका लागि भोगेका उचारचढाव लगायतका बारेमा कुराकानी गरेपछि उहाँको व्यावसायले राज्यका लागि गरेको योगदान, राज्यबाट गरेको अपेक्षा, मुलुकको व्यावसायिक वातावरण, मुलुकको अर्थतन्त्र लगायतका विषयमा पनि केन्द्रित भएर केही कुराकानीका लागि आग्रह गर्यौ । उहाँसँग गरेको थप कुराकानीको भिडियो हेर्न र सुन्न भिडियोमा क्लीक गर्नुहोस् ।