DEVELOPING NEPALESE BRANDS FOR THE INTERNATIONAL MARKETS: SHAKTI KUMAR GOLYAN

दुई दशकअघि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा गलैँचा र पस्मिना थियो । तर, बीचमा यी दुवै उत्पादनमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण गुणस्तरमा ह्वात्तै कमी आयो । त्यस्तै बालमजदुरको प्रयोगलगायतका विषय पनि आए । जसले थला परेका यी दुई वस्तुको निर्यात बजार अझै पनि राम्ररी उठ्न सकेको छैन । यद्यपि, पछिल्लो समयमा नेपाली उत्पादनको गुणस्तरमा शंका गर्ने ठाउँ हामीले दिएका छैनौँ । जसका कारण बजार बिस्तारै उकालो लाग्दै छ । तर, सरकारको नीतिले पस्मिना निर्यात सोचेजस्तो हुन नसकेको ट्राइकोट इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक शक्ति गोल्यानको भनाइ छ । नेपाली पस्मिनाको गुणस्तर, बजार र उत्पादनबारे उनले यसरी बताए :

यसरी जन्मियो ट्राइकोट इन्डस्ट्रिज
हामीले कास्मिरी (पस्मिना) स्वेटर उत्पादन गर्ने ट्राइकोट इन्डस्ट्रिज प्रालि १८ वर्षअघि स्थापना गरेका हौँ । सुरुमा यसको नाम मकालु क्यास्मिरी फेसन राखिएको थियो । ‘ज्वाइन्ट भेन्चर’ कम्पनीमा हामीसँग भारतको बिनिताज, नेपालकै लक्की ग्रुप र चिनियाँ पार्टनरले सहकार्य गरेका थिए । चिनियाँ टेक्निकल पार्टनरका रूपमा थिए । चिनियाँ कम्पनीले ५० प्रतिशत उत्पादनको जिम्मेवारी लिएको थियो भने बजारीकरणको जिम्मेवारी बिनिताज इन्डियाको थियो ।

म बेलायतबाट टेक्सटाइल म्यानेजमेन्टको डिग्री लिएर फर्किएको थिएँ । विश्व बजारमा पस्मिनाको माग उच्च थियो । हाम्रो स्वेटर उद्योग सञ्चालनमा आइसकेको थिएन । त्यसताका हाम्रो पस्मिनाको निर्यात राम्रै स्थितिमा थियो । विदेशमा पस्मिनाका स्वेटर खोज्ने ग्राहक पनि बढ्दै थिए । हामीसँग पस्मिना खरिद गरिरहेका विदेशी बायर्सले पस्मिनाको स्वेटर पनि खोज्न थाले । अनि हामीले स्वेटर पनि उत्पादन गर्ने निर्णय ग-यौँ । तर, पछि बिस्तारै अन्य पार्टनर बाहिरिए । मैले सम्भावना देखेको थिएँ । त्यसैले स्वेटर उत्पादनलाई निरन्तरता दिने अठोट गरेँ । साझेदारहरू अलग भएपछि लगानी थप गरेर उद्योगको नाम पनि ट्राइकोट इन्डस्ट्रिज प्रालि राख्यौँ । अहिले हाम्रो उद्योगमा ३ सयजनाले रोजागारी पाएका छन् ।

नेपाली पस्मिना स्वेटरको गुमेको विश्व बजार पुनः फिर्ता ल्याउन पस्मिना उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक छ । नेपाली उत्पादनले विश्व बजारमा बंगलादेश, चीन, भारत, भियतनाम, कम्बोडियालगायत मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यी अधिकांश देशले निर्यातजन्य उद्योगलाई कुनै न कुनै रूपमा सहुलियत दिएका छन् । हामीकहाँ पनि सरकारले सरल प्रक्रियासहितको सहुलियत दिए विश्व बजारमा पहुँच बढाउन सम्भव छ ।

स्वेटरको माग उच्च
विश्व बजारमा पस्मिनाको स्वेटरको माग उच्च छ । आन्तरिक बजारमा पनि स्वेटर नै धेरै खपत हुन्छ । नेपालमा वार्षिक ५० लाख स्वेटर आयात हुन्छ । हाम्रो विराटनगरस्थित ट्राइकोट इन्डस्ट्रिजबाट उत्पादित करिब ९० प्रतिशत स्वेटर निर्यात हुन्छ । गत वर्ष हामीले २८ करोड रुपैयाँबराबरको स्वेटर निर्यात ग-यौँ । यो वर्ष ४० करोडको स्वेटर निर्यात गर्ने लक्ष्य छ । तीन वर्षभित्र निर्यात १ अर्ब रुपैयाँबराबर पु-याउने हाम्रो योजना हो । त्यस्तै आन्तरिक बजारलाई पनि हामीले उत्तिकै ध्यान दिएका छौँ । पहिले पस्मिनाको स्वेटरको प्रमुख बजार अमेरिका थियो । तर, बीचमा अमेरिकी बजार करिब शून्यमा झ¥यो । अहिले युरोपमा पस्मिनाको स्वेटरको बजार राम्रो छ । हाम्रा स्वेटर इटाली, जर्मनी, बेलायत, फ्रान्स, डेनमार्क, स्विडेन, नर्वेलगायतका मुलुकमा निर्यात हुन्छ । यो वर्षदेखि अमेरिका पनि निर्यात गरेका छौँ । हामीले यही वर्ष अमेरिकामा ५ देखि ६ करोडको व्यापार गर्ने लक्ष्य राखेका छौँ ।

राज्यले सहयोग गर्नुपर्छ
सुरुवाती समयमा विदेशमा पस्मिना स्वेटरको बजार एकदमै राम्रो थियो । तर, यहीबीचमा भारत, बंगलादेश, चीनलगायत मुलुकले नेपाली उत्पादनकै नक्कल गर्दै ठूलो परिमाणमा तर कमसल र सस्ता स्वेटर पठाए । नेपाली व्यवसायीहरु पनि गुणस्तरमा सम्झौता गर्दै अस्वस्थ प्रतिस्पर्धामा उत्रिए । जसका कारण एकातिर हाम्रो बजार स्वात्तै घट्यो भने अर्कोतिर कमसल भएकाले हाम्रो गुणस्तरमाथि पनि प्रश्न उठ्यो । बजार गुमेपछि धेरै उद्योग बन्द भए । मजदुर समस्याले पनि पस्मिना उद्योग थप प्रताडित भए । केही उद्योग भने जेनतेन चलिरहेका छन् ।

अहिले खासै मजदुर समस्या छैन । तर, नेपाली पस्मिना स्वेटरको गुमेको विश्व बजार पुनः फिर्ता ल्याउन पस्मिना उद्योगलाई प्रतिस्पर्धी बनाउन आवश्यक छ । नेपाली उत्पादनले विश्व बजारमा बंगलादेश, चीन, भारत, भियतनाम, कम्बोडियालगायत मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । चीनले निर्यातजन्य उद्योगलाई जग्गा निःशुल्क उपलब्ध गराउँछ । त्यस्तै निर्यातमा ९ देखि १० प्रतिशतसम्म नगद अनुदान दिएको छ भने विद्युत्मा पनि ५० प्रतिशत अनुदान दिएको छ । त्यस्तै कच्चा पदार्थ आयात तथा तयारी वस्तु निर्यातको प्रक्रिया पनि अत्यन्तै सहज बनाएका छन् ।

बंगलादेशले ५ प्रतिशत नगद अनुदान र ब्याजमा पनि अनुदान दिन्छ । उद्योगलाई चाहिने जग्गा पनि सस्तोमै उपलब्ध गराउँछ । बंगलादेशमा निर्यातजन्य उद्योगमा मजदुरले हडताल गर्न पाउँदैनन् । नेपालले पनि २–३ प्रतिशत नगद अनुदान दिने भनेको छ, तर त्यो २–३ प्रतिशत नगद अनुदान लिने झन्झटिलो प्रक्रियाले उद्योगीलाई प्रोत्साहित होइन, निरुत्साहित गरिरहेको छ ।

मास प्रोडक्सन आवश्यक
विदेशी मुलुकले आधुनिक प्रविधिबाट ठूलो परिमाणमा उत्पादन गर्छन् । ठूलो परिमाणमा उत्पादन गर्दा लागत कम लाग्छ । कम लागतमा उत्पादित वस्तुसँग नेपाली वस्तुले प्रतिस्पर्धा गर्न निकै कठिन छ । अहिले विश्वको फेसन बजार यति प्रो–एक्टिभ भइसकेको छ कि हरेक मिनेटमा फेसन परिवर्तन भइरहन्छ । तर, हाम्रो उत्पादन विश्व बजार पु-याउनै समय लाग्छ । नेपालको आयात र निर्यातको प्रक्रिया एकदमै झन्झटिलो छ । प्रक्रिया पूरा गर्दा नै दशौँ दिन बित्छ । अनि कसरी विश्व फेसन बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ ?

नेपालको आन्तरिक बजार पनि निकै ठूलो भइसकेको छ । हाम्रो ट्राइकोट इन्डस्ट्रिजबाट उत्पादित स्वेटर आन्तरिक बजारमा मात्र करिब ६ करोड रुपैयाँबराबरको खपत हुन्छ । आगामी वर्ष त्यो आँकडा १० करोड पु-याउने हाम्रो लक्ष्य रहेको छ । तर, चीन र भारतबाट कर छली गरेर कमसल समान भित्रिने गरेको छ । नेपालमा चीन र भारतबाट वार्षिक ५० लाख थान स्वेटर भित्रिन्छन्, त्यो पनि अत्यन्तै कमसल । चोरी–पैठारीबाट राज्यले एकातिर राजस्व गुमाइरहेको छ भने अर्कोतिर उपभोक्तामा गुणस्तरबारे भ्रम पनि सिर्जना भइरहेको छ । त्यसैले राज्यले यी क्षेत्रमा ध्यान दिँदै मास प्रोडक्सनमा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ ।

उतार–चढावपूर्ण बजार
नेपाली पस्मिना उद्योगले धेरै उतार–चढाव व्यहोर्नुपरेको छ । सुरुवाती समयमा नेपाली पस्मिनाको मुख्य बजार नै अमेरिका थियो । जसमध्ये ठूला दुईवटा क्लाइन्टको कार्यालय वल्र्ड ट्रेड सेन्टर (ट्विन टावर)मा थियो । त्यो टावरमा सन् २००१ मा अलकायदाले हमला ग¥यो । त्यस घटनामा हाम्रा क्लाइन्टको अफिस त यसै पनि खत्तम भयो, उनीहरू पनि मारिए । हाम्रो ७०–८० प्रतिशत उत्पादन किन्ने उनीहरू नै थिए । उनीहरू नै नभएपछि माग ठप्पै भयो ।

स्वेटरको बजार बिस्तारै उचालिँदै गइरहेको थियो । हामीले युरोपमा स्वेटर निर्यात सुरु गरिसकेका थियौँ । तर, त्यही बेला युरोपमा पनि मन्दी छायो । बजार पुनः घट्यो । गत वर्षदेखि बल्ल बजार स्थिर देखिएको छ । निर्यात पनि बढ्दै छ । यो व्यवसायमा क्लाइन्ट बनाउन त्यति सजिलो छैन । उसको विश्वास जित्नुपर्छ । एउटा क्लाइन्ट बनाउन कम्तीमा पनि दुई वर्षजति लाग्छ ।

विश्व बजार स्थिर नभएकाले हामीले आन्तरिक बजार पनि सिर्जना गरिरहेका छौँ । पहिले हाम्रो सबै उत्पादन निर्यात हुन्थ्यो । तीन वर्षअघि आन्तरिक बजारमा प्रवेश ग¥यौँ । करिब १५ प्रतिशत उत्पादन आन्तरिक बजारमा खपत हुन थालेको छ । ठमेलस्थित सोरुमबाट एक्सपोर्ट क्वालिटीकै आइटम बिक्री गरिरहेका छौँ । स्वदेशी उपभोक्ताका लागि सस्तो रेन्जको गुणस्तरीय स्वेटर पनि उत्पादन गरिरहेका छौँ । आन्तरिक बजारलाई नै केन्द्रित गरेर तीन–चारवटा ब्रान्ड लन्च गरेका छौँ ।

अहिले विश्वको फेसन बजार यति प्रो–एक्टिभ भइसकेको छ कि हरेक मिनेटमा फेसन परिवर्तन भइरहन्छ । तर, हाम्रो उत्पादन विश्व बजार पु-याउनै समय लाग्छ । नेपालको आयात र निर्यातको प्रक्रिया एकदमै झन्झटिलो छ । प्रक्रिया पूरा गर्दा नै दशौँ दिन बित्छ । अनि कसरी विश्व फेसन बजारमा प्रतिस्पर्धा गर्न सकिन्छ ?

कास्मिरे स्वेटरको नामबाट निर्यात
विश्वभर पस्मिनाको बजार नराम्रोसँग बिग्रिएको छ । अमेरिका र युरोपको बजारमा शतप्रतिशत पस्मिना भन्दै नक्कली कपडा ३–४ डलरमै बिक्री भइरहेको देखिन्छ । यस्ता उत्पादनमा थोरै पस्मिना र अधिकांश भेस्कसलगायतका मेटेरियल हुन्छन् । तर, हामी शतप्रतिशत पस्मिना नै निर्यात गर्छौँ । विगतमा पस्मिनामा मिसावट भएर बजार पूरै डाउन भएकाले अन्तर्राष्ट्रिय बजारमा हामी पस्मिना होइन, कास्मिरे स्वेटर भन्छौँ । विदेशमा पस्मिना भन्नेबित्तिकै सस्तो कपडा भन्ने धारणा बनेको छ । सामान्यतया हाम्रो उत्पादन ५०–७० डलरमा बिक्री गर्नुपर्ने हुन्छ । पस्मिना भनेर महँगोमा बिक्री गर्न सकिँदैन, कास्मिरे भन्नैपर्छ । तेस्रो मुलुकतिर पस्मिनालाई कास्मिर भन्छन् । पस्मिना नेपाल, भारत, बंगलादेश, भुटानलगायत सार्क मुलुकको स्थानीय नाम हो ।

विश्वका चर्चित फेसन ब्रान्डहरूले पनि हाम्रो कास्मिरी स्वेटर प्रयोग गर्छन् । युरोपका एल्युड, रसोपुरा, म्याक्समारा, बेनेटन, टमी हिल फिगर, चोकालगायत दर्जनौँ ब्रान्डहरूले हाम्रो स्वेटरमा लोगो लगाएर बिक्री गर्छन् । युरोपको प्रसिद्ध गल्फ क्लबले पनि हाम्रो स्वेटर प्रयोग गर्छ । हामी रेडिमेड स्वेटर निर्यात गर्छौँ ।

विश्व बजारमा आफ्नै ब्रान्ड
स्वदेशी बजारका लागि हामीले ३–४ वटै ब्रान्ड सार्वजनिक गरिसकेका छौँ । विश्व बजारमा पनि ‘स्कटेज बोर्डर्स’ र ‘वेसालेना’ नामक दुईवटा ब्रान्ड दर्ता गरिसकेका छौँ । हामी वेसालेनालाई नेपाली ब्रान्ड भनेर प्रवद्र्धन गर्न खोजिरहेका छौँ । वेसालेना भनेको गुणस्तरीय र प्रिमियम प्रोडक्ट हो भनेर चिनाउने हाम्रो लक्ष्य हो । नेवारी भाषामा ‘वेसा’ भनेको लुगा हो । भारतको लद्दाखमा पस्मिनाको फाइबरलाई ‘लेना’ भनिन्छ । लद्दाख पस्मिनाको उद्गमस्थल हो । यी दुईवटाको फ्युजन गरेर हामी वेसालेना ब्रान्डमार्फत विश्वभर पुग्नेछौँ । अहिले आफ्नै ब्रान्डमा निर्यात नगन्य छ । तत्काल ठूलो रकम खर्च गरेर विश्वभर ब्रान्डिङ गर्ने क्षमता हामीसँग छैन । गुणस्तरीय प्रोडक्ट दिएर ग्राहकको विश्वास जित्दै चम्किने भन्ने हो । कुनै दिन हामी हाम्रै ब्रान्ड नेममा विश्व बजारमा राम्रो उपस्थिति देखाउन चाहन्छौँ ।

गोल्यान ट्राइकोट इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक हुन् ।