PAWAN GOLYAN NOW NEPAL’S CEO/BUSINESS LEADER OF THE YEAR

Source: Ratopati

काठमाडौं– नेपाल सिईओ सम्मेलन तथा अवार्ड–२०१९ सम्पन्न भएको छ । पद्यमा मिडिया गु्रपद्वारा सञ्चालित विजनेस प्लस टेलिभिजनद्वारा आयोजित सिईओ सम्मेलनमा विभिन्न क्षेत्रका सरकारी तथा निजी क्षेत्रका ५ सय भन्दा बढीको सहभागिता रहेको थियो । 

आर्थिक तथा वित्तिय क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागितामा शुक्रवार राजधानीको होटल सोल्टीमा आयोजना गरिएको सम्मेलनमा विभिन्न आठ विधामा अवार्ड वितरण गरिएको थियो । जसमा सिइयो अफ द इयर पपुलर र प्राइभेट सेक्टर अवार्ड देउराली जनता फर्माका अध्यक्ष हरिभक्त शर्माको पोल्टामा गएको छ ।

त्यसैगरी, सिइयो अफ द इयर पव्लिक च्वाइस अवार्डबाट गोल्यान ग्रुप अफ कम्पनीका पवन गोल्यान सम्मानित भएका छन् । सिइयो अफ द इएर योङ अवार्डबाट शिशिर खनाल सम्मानित भए भने,  फिमेल सिइयो अफ द इयर अवार्डबाट अनुपमा खुजेली सम्मानित भइन् ।

जुरी च्वाइस अवार्ड हिमालय शमशेर जङबहादुर राणाले पाए । त्यस्तै, पव्लिक सेक्टर अवार्डबाट महाप्रसाद अधिकारी सम्मानित भए । 

सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका पूर्वाधार निर्माण, उद्योगी व्यवसायी, वित्तिय क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागितामा समूहगत छलफल भएको थियो ।

समृद्धिका लागि आर्थिक विकासको आधार, उद्यमशीलता, विकास र औद्योगिकीकरण, एकीकृत र वैदेशिक लगानी नीति, वित्तिय प्रणालीः चुनौती र सम्भावना तथा कृषि उत्पादन र बजारीकरणका सम्भावना गरी पाँच वटा विषयमा विषयगत रुपमा छलफल भएको थियो ।

छुटृाछुटृै भएको समूहगत छलफलका क्रममा निजी क्षेत्रका उद्योग व्यवसायीले नेपालको समृद्धिको लागि सरकारले ल्याएको योजनालाई सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए । 
पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, पद्यमा मिडिया ग्रुपका अध्यक्ष राजु प्रसाद कंडेल लगायतले सिईओ अवार्ड प्रदान गरेका थिए ।