POWER PURCHASE AGREEMENT (PPA) SIGNING CEREMONY OF PURE ENERGY

प्योर इनर्जी र प्राधिकरणबीच पीपीए सम्झौता

Source : Ratopati

गोल्यान समूह र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्झौता (पीपीए) भएको छ । समूहले बाँकेको नेपालगञ्जमा २० मेगावाट क्षमताको सोलार प्लान्ट बनाइरहेको छ । यही विद्युत बेच्ने लक्ष्यसहित समूहले प्राधिकरणसँग पीपीए सम्झौता गरेको हो ।


समूहले सञ्चालनमा ल्याएको प्योर इनर्जी प्रालिले प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको हो । सम्झौतामा प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक प्रदीपकुमार थिके र प्योर इनर्जीका प्रमुख तथा गोल्यान समूहका निर्देशक अक्षय गोल्यानले हस्ताक्षर गरे ।


कम्पनीले बाँकेको खजुरा गाउँपालिकामा आयोजना बनाइरहेको छ । सुरूमा आयोजनाको लागत एक अर्ब २० करोड रूपैयाँ आँकलन गरिएको थियो । तर, कोभिड–१९ महामारीका कारण आयोजना निर्माणमा ढिलाइ हुँदा लागत बढेर २ अर्ब ४० करोड रूपैयाँ पुगेको छ ।


कम्पनीले १०/१० मेगावाटका दुई वटा प्लान्टबाट कुल २० मेगावाट विद्युत उत्पादन गर्ने छ ।